close

राइड शेयरिङ प्लेटफर्मको विरोधमा दुर्गा प्रसाईं नेतृत्वमा ट्याक्सी र्‍याली, सडक अस्तव्यस्त

टेकपाना टेकपाना

भदौ २८, २०८१ १३:४७

राइड शेयरिङ प्लेटफर्मको विरोधमा दुर्गा प्रसाईं नेतृत्वमा ट्याक्सी र्‍याली, सडक अस्तव्यस्त

काठमाडौं । राइड शेयरिङ प्लेटफर्मको विरोधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा ट्याक्सी र्‍याली निकालिएको छ । शुक्रबार भक्तपुरस्थित प्रसाईंको निवासबाट निकालिएको  ट्याक्सी र्‍यालीले भक्तपुर-काठमाडौंको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।

जडीबुटी क्षेत्रमा व्यवसायीले सडक बीचमा ट्याक्सी तेर्स्याएर विरोध जनाएका छन् । सो क्रममा राइड शेयरिङ प्लेटफर्ममा जोडिएका चालकहरू र ट्याक्सी चालकहरूबीच विवादसमेत भएको थियो ।

अवस्था साम्य पार्न स्थानीय प्रशासनले हल्का बल प्रयोग गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी मोहनमणि अधिकारीले जनाए । उनका अनुसार सडकमा तेर्साइएका ट्याक्सीहरू हटाउने काम भइरहेको छ ।

राइड शेयरिङ प्लेटफर्मको तुलनामा ट्याक्सीको भाडादर बढी हुनुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनलाई यात्रु बोक्न दिन नहुने लगायतका माग राखी प्रसाईं नेतृत्वमा ट्याक्सी र्‍याली निकालिएको हो ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ १४:२३