close

जुनसुकै ब्राण्डका पुराना गाडी दीपल ईभीसँग साट्न सकिने

टेकपाना टेकपाना

भदौ २८, २०८१ १७:९

जुनसुकै ब्राण्डका पुराना गाडी दीपल ईभीसँग साट्न सकिने

काठमाडौं । नेपालका लागि चाङ्गन तथा दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यही ३१ भदौदेखि ३ असोजसम्म ‘दीपल एक्सचेन्ज कानिर्भल’ आयोजना गर्ने भएको छ । काठमाडौं गैरीधारास्थित सिल्भरओकमा हुने कार्निभलमा ग्राहकले कुनै पनि ब्रान्डका पुरानो गाडीसँग दीपल ईभी साट्न सक्नेछन् । 

यस अवसरमा ग्राहकले प्रिबजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको प्रिमियम ईभी एस०७ खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले नेपालकै शीर्ष ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार एक्सचेन्ज कार्निभलकै दौरान ग्राहकले अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एक्सेसरिज पाउनेछन्, जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर समेत नि:शुल्क पाइने छ । साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट समेत पाउने कम्पनीले जनाएको छ ।    

नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ ।

"यी ईभी एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन्, जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ," कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दीपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चारवटा ड्राइभिङ मोड, १२५ लिटरको ​फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायतका विशेषता छन् ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ १७:२५