close

कर्पोरेट भुक्तानी सजिलो बनाउन फोनपे र कर्मचारी सञ्चय कोषबीच साझेदारी

टेकपाना टेकपाना

असोज १२, २०८१ १४:५८

कर्पोरेट भुक्तानी सजिलो बनाउन फोनपे र कर्मचारी सञ्चय कोषबीच साझेदारी

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ । योसँगै कर्मचारी सञ्चय कोषको ईआरपी प्रणाली फोनपेको भुक्तानी प्रणालीसँग जोडिने छ ।

यो इन्टिग्रेसनको माध्यममा कर्पोरेट भुक्तानीहरू व्यवसायदेखि ग्राहक (बीटूसी), व्यवसायदेखि व्यवसाय (बीटूबी) र व्यवसायदेखि सरकार (बीटूजी) सम्मको भुक्तानी प्रक्रिया सरल र सहज बन्ने जनाइएको छ । साथै फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्मको प्रयोगबाट कर्मचारी सञ्चय कोषले सापटीहरूको रकम संकलन गर्न सक्नेछ ।

यस साझेदारीले कर्मचारी सञ्चयकोषका सदस्यहरूलाई मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटहरू मार्फत सजिलै भुक्तानी गर्नको लागि सहज पहुँच प्रदान गर्ने फोनपेले जनाएको छ ।


 

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १४:५८