close

बाढी, पहिरोले ठाउँठाउँमा टेलिकमको सेवा अवरुद्ध

टेकपाना टेकपाना

असोज १४, २०८१ ६:५०

बाढी, पहिरोले ठाउँठाउँमा टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानले नेपाल टेलिकमको दूरसञ्चार सेवा प्रभावित भएको छ । विद्युत् आपूर्तिमा आएको अवरोधले कतिपय स्थानका बीटीएस टावरहरू बन्द भएका छन् भने ट्रान्समिसन लिंकहरू पनि अवरुद्ध भएका छन् ।

प्रतिकूल मौसमका बाबजुद प्राविधिक टोली परिचालन गरेर अवरुद्ध सेवाहरूलाई पुनस्र्थापित गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ । कम्पनीका अनुसार धेरै स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा आइसकेको छ भने अन्य क्षेत्रमा सेवा पुनर्स्थापित गर्ने काम भइरहेको छ ।

यो प्रक्रियामा स्थानीयस्तरमा कठिनाइ भए अप्ठ्याराहरूलाई पार गरेर सञ्चार सुविधा पुनः सुचारु गर्न कडा मेहनत गरिरहेको कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ ६:५०