close

२० हजार रुपैयाँ मुनिको फोन किन्न चाहनेका लागि टेक्नो ब्राण्डको नयाँ विकल्प

टेकपाना टेकपाना

असोज १४, २०८१ १३:४०

२० हजार रुपैयाँ मुनिको फोन किन्न चाहनेका लागि टेक्नो ब्राण्डको नयाँ विकल्प

काठमाडौं । नेपाली बजारमा टेक्नोले नयाँ फोन 'स्पार्क ३० सी' सार्वजनिक गरेको छ । युवा पुस्तालाई लक्षित गरी ल्याइएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ । 

आजदेखि अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ ।

यसमा ५० मेगापिक्सेलको एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, १२० हर्ज डिस्प्ले जस्ता विशेषता छन् । साथै १२ प्लस एक महिनाको वारेन्टी दिइएको फोनमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी रहेको छ ।

अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रीन कलरमा उपलब्ध फोनको मूल्य ६+१२८ जीबी भेरियन्टको १६ हजार ४९० रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य १९ हजार ९९० रुपैयाँ तोकिएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ १३:५५