काठमाडौं । राजनीतिमा सक्रिय नेता र सरकारी कार्यालयका फेसबुक पेजबाट फलोअरको सङ्ख्या एकाएक गायब भएको छ । बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखिने अप्सन गायब भएको हो ।
अहिले कुनै राजनीतिज्ञ, सरकारी कार्यालयसँगै विभिन्न पेसामा आबद्ध चर्चित व्यक्तिहरूको फेसबुक पेजबाट फलोअर सङ्ख्या गायब छ । सम्भवतः यो फेसबुकको 'ग्लिच' हुनसक्ने जानकारहरूको अनुमान छ ।
यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट कुनै पनि समाचार सम्प्रेषण भएका छैनन् । फेसबुकले पनि यसबारे कुनै जानकारी दिएको छैन ।