close

पोखरा पुग्यो दीपल ईभी

टेकपाना टेकपाना

असोज १६, २०८१ १७:११

पोखरा पुग्यो दीपल ईभी

पोखरा । नेपालका लागि चाङ्गनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा दीपल ईभी सार्वजनिक गरेको छ ।

हालै आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, दीपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का तथा चाङ्गनका स्थानीय डिलर हिमालय अर्गनाइजेसनका संस्थापक मिलन थापा र निर्देशक सौरभ थापाले दीपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री थापाले चाङ्गनलाई शुभकामना दिँदै बिक्रीपछिको सेवामा ध्यान दिनुपर्नेमा जोड दिए । पारस खड्काले दीपल इभी ‘भ्यालु फर मनि’ भएको भन्दै यसका अत्याधुनिक फिचरहरूको प्रशंसा गरे ।

कम्पनीका अनुसार दीपल ईभीमा वेलकम सिट, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोलजस्ता १५ भन्दा बढी नयाँ फिचर रहेका छन् । 

आउँदो साता पोखरामा एक्सचेन्ज र टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने जानकारी पनि दिइएको छ, जसमा ग्राहकले विशेष अफरहरू पाउन सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ १७:११