close

युट्युब शर्ट्समा अब ३ मिनेट लामो भिडिओ अपलोड गर्न सकिने, के टिकटकलाई टक्कर देला ?

टेकपाना टेकपाना

असोज १९, २०८१ २२:३३

युट्युब शर्ट्समा अब ३ मिनेट लामो भिडिओ अपलोड गर्न सकिने, के टिकटकलाई टक्कर देला ?

काठमाडौं । अब युट्युब शर्ट्समा तीन मिनेट लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । एक ब्लगमार्फत गुगलले आउँदो १५ अक्टोबरदेखि यस्तो व्यवस्था लागु ‍गर्ने जानकारी दिएको हो । हाल युट्युब शर्ट्समा ६० सेकेन्डसम्मको मात्र भिडिओ हाल्न सकिन्छ । नयाँ परिवर्तन वर्गाकार अथवा ठाडो आकारको भिडिओमा मात्र लागु हुने बताइएको छ ।

योसँगै साना आकारको भिडिओ बनाउने क्रियटरहरूलाई धेरै सहयोग पुग्ने अनुमान गरिएको छ । युट्युब शर्ट्सको प्रतिस्पर्धी कम्पनी टिकटकमा भने यो फिचर यसअघि नै आइसकेको छ । युट्युबको यस परिवर्तनले टिकटकसँगको प्रतिस्पर्धामा केही सहयोग पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै युट्युबले 'सो फ्युअलर शर्ट्स' बटन पनि ल्याउने भएको छ । यस बटनले भने नाम जसरी प्रयोगकर्ताको फिडमा कम शर्ट्स देखाउने बताइएको छ । साथै शर्ट्समा नयाँ 'टेम्प्लेट्स' फिचर पनि थपिँदैछ, जुन तपाईंले रिमिक्स बटनमा थिचेर 'टेम्प्लेट' चयन गरेर प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै चाँडै नै तपाईंले आफ्नो मनपर्ने युट्युब भिडियाेओका क्लिपहरूलाई रिमिक्स समेत गर्न पाउनुहुने छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ २२:४७