close

ब्याचलर्समा साइबर सेक्युरिटीको छुट्टै कोर्स पढाउँदै काठमाडौं विश्ववविद्यालय

टेकपाना टेकपाना

असोज २२, २०८१ १३:१२

ब्याचलर्समा साइबर सेक्युरिटीको छुट्टै कोर्स पढाउँदै काठमाडौं विश्ववविद्यालय

काठमाडौं । अब काठमाडौं विश्वविद्यालयले समेत स्नातक तहमा साइबर सेक्युरिटी पढाउने भएको छ । युलेन्स एजुकेसन फाउन्डेसन (यूईएफ)सँग साझेदारी गर्दै विश्वविद्यालयले ब्याचलर अफ टेक्नोलोजी (बी टेक) इन साइबर सेक्युरिटी नामको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आगामी शैक्षिक सत्र (सन् २०२५)देखि सञ्चालनमा आउने यस चार वर्षे कार्यक्रममा सुरुमा ३० जना विद्यार्थीलाई मात्र भर्ना लिइने विश्वविद्यालयले जनाएको छ ।  साइबर सुरक्षा, मसिन लर्निङ तथा यससँग सम्बन्धित विविध विषयमा व्यापक ज्ञान र सीप प्रदान गर्न यूईएफसँग साझेदारी गरी कोर्स सुरु गर्न लागेको विश्वविद्यालयले जनाएको छ ।

यस कोर्सले नयाँ युगका साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न सक्षम युवा पेशेवरहरूको विकासमा योगदान दिने विश्वास गरिएको छ । कोर्सबारे चाँडै नै विस्तृत जानकारी दिइने विश्वविद्यालयले जनाएको छ । 

काठमाडौं विश्वविद्यालय र युलेन्स एजुकेसन फाउन्डेसनका अधिकारीहरूबीच साझेदारी हुँदै


 

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १३:३६