close

बाढी पीडितलाई एनसेलको राहत

टेकपाना टेकपाना

असोज २४, २०८१ ९:१२

बाढी पीडितलाई एनसेलको राहत

काठमाडौं । ११ र १२ असोजको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित गोदावरी नगरपालिकाका करिब २०० परिवारलाई एनसेल फाउन्डेसनले राहत वितरण गरेको छ । फाउन्डेसनले सोमबार नगरपालिकाका पाँच वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) मा क्षति पुगेका परिवारहरूलाई खाद्यान्न, भाँडाकुँडा, हाइजिन किट, बल्याङ्केट, म्याटजस्ता आवश्यक सामग्री प्रदान गरेको हो ।

“संकटको समयमा समुदायलाई सहयोग पुर्‍याउनु हाम्रो कर्तव्य हो । हामी सबै एउटै परिवारको रूपमा कनेक्टेड छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपद्‌को समयमा एनसेलले गरेको सहयोगलाई उच्च मूल्याङ्कन गर्दै भने, “बाढीपहिरोबाट पीडित परिवारहरूलाई ठूलो राहत मिलेको छ । अब पुनःस्थापनामा ध्यान दिनुपर्नेछ ।”

राहत वितरणमा कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकासँगको सहकार्यमा एनसेलका कर्मचारीहरू प्रत्यक्ष रूपमा संलग्न थिए । खड्काले राहत वितरणका साथै विपद् प्रतिकार्यमा पनि अन्य उपायहरू खोज्न काम गरिरहेको बताइन् ।

 

 

पछिल्लो अध्यावधिक: असोज २४, २०८१ ९:१२