काठमाडौं । अग्लो चट्टान, त्यसको फेदमा बडेमानको हात्ती । झट्ट हेर्दा हात्ती कसरी त्यत्रो पहाडमा पुग्यो भन्ने लाग्न सक्छ । त्यही हात्तीलाई स्काभेटरको सहायताले उद्धार गरिरहेको जस्तो देखिन्छ ।
सबैभन्दा पहिला त्यो हात्ती त्यति अग्लो डाँडामा कसरी पुग्यो होला भन्ने जो कोहीलाई लाग्छ । उद्धार गरिरहेको दृश्यमा पनि सबै कुरा वास्तविक जस्तै देखिन्छ। उद्धार गरेको तरिका, त्यहाँ प्रयोग भएका उपकरण सबै हेर्दा त्यो साँच्चिकै जस्तो लाग्छ ।
यस्तो भिडिओ एउटा मात्रै देख्नुभएको छ भने तपाईँले पक्कै पनि यो वास्तविक लाग्छ । तर हात्तीको मात्र नभई जिराफ र अन्य भयङ्कर ठुला जनावरको उद्धार गरिरहेको भएको पनि देख्नु भएको छ भने पक्कै पनि तपाईँलाई त्यो झुटो भन्ने लाग्छ । उस्तै किसिमको भिडियो देख्दा जो कोहीले पनि ती भिडिओ एआईको प्रयोग गरी तयार पारिएको भनेर ठम्याउन सक्छ ।
सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले ती भिडिओ शेयर गर्दै अमेरिकी प्रहरीले डाँडाबाट हात्ती उद्धार गरेको भन्दै भ्रामक दाबी सहितका पोस्ट राखेका छन् । त्यस्ता भिडिओमा हात्ती वा हात्ती जस्तै ठुला भयानक जनावरहरू कसरी त्यत्रो पहाडमा पुगे भनेर आशङ्का व्यक्त गरेका छन् ।
द क्विन्ट नामक सन्चार माध्यमले यस विषयमा तथ्य जाँच गरेको थियो । यस क्रममा पनि यस्ता भिडिओ यहीँबाट तयार पारिएको पुष्टि भएको छ । खासगरी त्यहाँ भएका हात्तीको दुई ओटा पुच्छर देखिन्छन् ।
त्यसैगरी स्काभेटरको सिलिन्डर र बकेट पनि एउटै भिडिओमा फरक फरक देखिन्छ । हात्तीलाई पहाडबाट उद्धार गरिएको भन्ने विषयमा कुनै समाचार खोजियो भने त्यसमा पनि आधिकारिक साइट देखिँदैनन् । त्यस्तै भिडियोलाई रिभर्स इमेज सर्च गरी हेर्ने हो भने एउटा युट्युब च्यानलमा पुग्न सकिन्छ । जहाँ यही प्रकृतिका अन्य भिडियो पनि अपलोड भएका छन् ।
भिडियोको डिस्क्रिप्सनमा पनि ती भिडिओ यही प्रयोग गरी तयार पारिएको संकेत दिइएको छ । इज इट एआईमा भिडियो अपलोड गरी हेर्दा सो भिडियो यहीँबाट तयार पारिएको सम्भावना ९९.७ प्रतिशत रहेको देखाउँछ ।