close

इसेवामा नयाँ सुविधा, लोयल्टी प्वाइन्ट्स जम्मा गरी विभिन्न अफरको फाइदा उठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ८, २०८१ १७:५३

इसेवामा नयाँ सुविधा, लोयल्टी प्वाइन्ट्स जम्मा गरी विभिन्न अफरको फाइदा उठाउन सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले फोनपोइन्ट्ससँग सहकार्य गर्दै प्रयोगकर्ताहरूलाई फाइदाजनक र एकीकृत सेवा अनुभव दिने पहल गरेको छ । यस सहकार्यले इसेवाका नियमित प्रयोगकर्ताहरूले आफ्नो लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा समेटेर विभिन्न अफरहरूको फाइदा उठाउन सजिलो बनाउने बताइएको छ ।

अब प्रयोगकर्ताले यी एकीकृत प्वाइन्ट्स उपयोग गरी विभिन्न अफरहरू अवलोकन गर्न, तिनलाई सजिलै संकलन गर्न र उपभोग गर्न सक्नेछन् । यसले वित्तीय कारोबारलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाउने विश्वास लिइएको छ ।

फोनपोइन्ट्स एउटा एकीकृत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, जसले व्यवसायहरूलाई आफ्ना ग्राहकहरूलाई विभिन्न लोयल्टी प्वाइन्ट्स र अफरहरू प्रदान गर्न सक्षम बनाउँछ । प्रयोगकर्ताले फोनपोइन्ट्समा सहभागी भएका विभिन्न व्यावसायिक पार्टनरहरूबाट प्वाइन्ट्स आर्जन गर्न सक्छन् र तिनलाई एउटै प्लेटफर्ममा व्यवस्थापन गर्न सक्छन् । यसले प्रयोगकर्तालाई आफ्नो संलग्नता रहेको वित्तीय कारोबारहरूबाट प्राप्त प्वाइन्ट्स सजिलै हेर्न, व्यवस्थापन गर्न र अनगिन्ती आकर्षक अफरहरू प्राप्त गर्न मौका दिनेछ ।

यस सहकार्यले विशेषगरी डिजिटल कारोबारमा रुचि राख्ने ग्राहकहरूलाई अझ आकर्षित गर्ने लक्ष्य राखेको छ । प्रयोगकर्ताले आफ्नो लोयल्टी प्वाइन्ट्सलाई विभिन्न छुट, उपहार र अफरहरूको रूपमा उपयोग गर्न सक्नेछन्, जसले गर्दा उनीहरूको वित्तीय कारोबारको अनुभवलाई अझ सन्तोषजनक बनाउने छ ।

फोनपोइन्ट्सका सीईओ सागर पौडेलका अनुसार यो प्लेटफर्ममा नयाँ प्रयोगकर्ताहरूलाई सहजै समाहित गर्न र सेवा लिनका लागि सरल प्रक्रिया तयार पारिएको छ । फोनपोइन्ट्स एपबाट सिधै सेवा प्राप्त गर्न सकिने भएकाले प्रयोगकर्ताहरूलाई कुनै जटिलता बिना तीव्र सेवा अनुभव हुनेछ ।

यस सहकार्यले ग्राहकहरूको वित्तीय अनुभवलाई थप सहज, सुविधाजनक र डिजिटल कारोबारको दायरा विस्तार गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८१ १८:२३