close

ओटीटी एपमा आयो निश्चल बस्नेतको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’, कति छ शुल्क ?*

टेकपाना टेकपाना

कात्तिक ९, २०८१ १४:५०

ओटीटी एपमा आयो निश्चल बस्नेतको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’, कति छ शुल्क ?*

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी एप एमएसएम (MSM)मा सार्वजनिक भएको छ । फेसबुकमा एक पोस्ट राख्दै निर्देशक एवं कलाकार निश्चल बस्नेतले अमेरिका, जापान र सिङ्गापुर बाहेकका सबै देशमा यो चलचित्र ओटीटी एपमार्फत हेर्न सकिने जानकारी दिए ।

बस्नेतका अनुसार ती तीन देशका हलमा यो चलचित्र अझै प्रदर्शनरत रहेकाले ओटीटीमा उपलब्ध नगराइएको हो । राम्रो अकुपेन्सी हुँदा हुँदै पनि आफ्नो चलचित्रलाई पर्याप्त शो उपलब्ध नगाराएको गुनासो गर्दै निश्चलले फिल्मलाई हलबाट उतार्दै, हलको विकल्प खोज्ने घोषणा गरेका थिए ।

एमएसम मार्फत उक्त फिल्म हेर्न दर्शकले ‘डेली’ र ‘विक्ली’ मध्ये कुनै एक सब्सक्रिप्सन योजना छनौट गर्न सक्छन् । योजना छनोट गर्न एमएसएम एप डाउनलोड गरेर फिल्म छनोट गर्नपर्ने हुन्छ ।

फिल्म छनोट गरेसँगै ‘रेन्ट नाउ’ (Rent now) अप्सन छनोट गरी डेली वा विक्ली योजना छनौट गर्नुपर्छ । ‍योजना छनौट गरेर कार्ड पेमेन्ट गर्न सकिन्छ । जसमा डेली योजनाको ४.९७ डलर र विक्ली योजनाको ७ डलर शुल्क तोकिएको छ ।

कार्ड बाहेक खल्ती वा ई-सेवाबाट शुल्क तिर्न योजना छनौट गरी 'मोर पेमेन्ट अप्सन' (More payment option) जान सकिन्छ । यसपछि खुल्ने पेजको दायाँ साइडमा रेन्ट (Rent) भन्ने अप्सन देखिन्छ । सो अप्सनमा क्लिक गरेपछि डेली वा विक्ली अप्सन छनोट गरी ई-सेवा वा खल्तीबाट शुल्क तिर्न सकिन्छ । जसमा डेली योजनाको शुल्क २९८ नेपाली रुपैयाँ र विक्ली योजनाको ४२० नेपाली रुपैयाँ शुल्क तोकिएको छ ।

एमएसममा हाल बेहुली फ्रम मेघौलीका साथै ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घर ज्वाइँ’ पनि उपलब्ध छन् । एमएसएमको वार्षिक शुल्क भने चार हजार ४९९ रुपैयाँ तोकिएको छ । 

एप डाउनलोड गर्न आईओएस प्रयोगकर्ताले यहाँ र एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

*यसअघि शीर्षक अन्यथा भएकाले सच्याइएको छ । -सं.

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १५:४१