काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ । अग्रज कलाकारहरूको जीवनवृत्त सबैसामु देखाउने सोचसहित प्रतिष्ठानले च्यानल सञ्चालनमा ल्याएको हो ।
सुरुवाती चरणमा प्रतिष्ठानले च्यानलमा ‘अग्रज कलाकार’ भनेर सिरिज चलाउने भएको छ । यसअन्तर्गत सबैभन्दा सुरुमा मदन चित्रकारको जीवनवृत देखाइने छ । त्यसपछि क्रमश: अन्य कलाकारहरूमाथि बनाइएको जीवनवृत अपलोड गरिने प्रतिष्ठानले जनाएको छ ।
अभिलेखिकरण गर्न, अनुजलाई अग्रजबारे जानकारी दिन च्यानल सञ्चालनमा ल्याएको प्रतिष्ठानको भनाइ छ ।