काठमाडौं । सशस्त्र प्रहरीले पाँच हजार थान मोबाइल कभर बरामद गरेको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ भासी इलाकाबाट आइतबार सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरका मोबाइलको कभर बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याई बेवारिसे अवस्थामा राखिएका मोबाइलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको बताइएको छ । बरामद गरिएका मोबाइल कभर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।