काठमाडौं । निजी क्षणलाई गोप्य राख्न जर्मनीको यौन स्वास्थ्य ब्रान्डले डिजिटल कन्डम सार्वजनिक गरेको छ । बिली बोय नामक कम्पनीले हालै मात्र क्यामडोम नामक मोबाइल एप सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार एपले निजी क्षणहरूलाई गोप्य राख्न स्मार्टफोनको क्यामेरा र माइकलाई निष्क्रिय पारी दिन्छ । अर्थात् एपले यौन क्रिडाका क्रममा सहमति बेगर खिचिने फोटो, भिडिओ तथा वा अडियोको रेकर्डिङ रोक्छ ।
यो एप सुरुआति चरणमा ३० ओटा देशका लागि सार्वजनिक गरिएको हो । प्रयोगकर्ताहरूले सम्बन्ध सुरु गर्नुअघि आफ्ना स्मार्टफोनमा भएको यस एपको एउटा बटन थिचे मात्र पुग्छ । यदि कुनै एक प्रयोगकर्ताले एपको नियम तोड्ने प्रयास गरे तुरुन्तै अलार्म बज्नेन छ ।
यसले ‘रिभेन्ज पोर्न’ रोकथाम र संवेदनशील डेटा सुरक्षामा सहयोग पुग्ने बताइएको छ । यसका लागि एपले विशेष ब्लुटुथ प्रविधिको प्रयोग गर्छ । यसो हुँदा एपले ब्लुटुथ रेन्जमा रहेका सबै डिभाइसहरूको रेकर्डिङ फिचरलाई निष्क्रिय पारिदिन्छ ।
पछिल्लो समय विश्वभरका किशोरकिशोरीहरूमा देखा परेको समस्यालाई ध्यानमा राखेर यो एप निर्माण गरिएको कम्पनीले जनाएको छ ।