काठमाडौं । काठमाडौंको महाराजगन्जमा हिम इलेक्ट्रोनिक्सको नयाँ सामसङ स्मार्ट प्लाजा सञ्चालनमा आएको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक इन सुकिम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले सोमबार संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन् ।
शोरुम उद्घाटनमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाको पनि उपस्थिति रहेको थियो ।अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्स मार्फत हुलास फिनसर्भसँगको सहकार्यमा फाइनान्स सुविधा उपलब्ध गराउदै आएको छ ।
जुन सामसङ प्लाजामा पनि लिन सकिनेछ । साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्ने अवसर समेत प्रदान गर्नेछ र सुविधालाई अझ सरल बनाउने अपेक्षा गरिएको छ ।
हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले महाराजगन्ज स्थित नयाँ सामसङ स्मार्ट प्लाजा थप हुनु आफूहरूको प्रगतिको प्रमाण मात्र नभई ग्राहकहरूलाई उन्नत प्रविधि नजिक ल्याउने प्रतिबद्धताको प्रतीक समेत भएको बताइन् ।
"यस विशिष्ट शोरुमले हाम्रा ग्राहकको समग्र सामसङसँगको अनुभवलाई माथि उठाउने प्रतिबद्धतालाई झल्काउँछ,” उनले भनिन् । यो नयाँ सामसङ स्मार्ट प्लाजा नेपालमा हिम इलेक्ट्रोनिक्स अन्तर्गतको सामसङको १३ औं शोरुम हो ।
ग्राहकहरूलाई प्रत्यक्ष रूपमा सामसङको उच्च गुणस्तर र नवीनतम प्रविधिको अनुभव गराउनका लागि डिजाइन गरिएको जीएसआई ४.०-अनुरूपको यस प्लाजाले सामसङका घरायसी उपकरणहरू, अडियो भिजुअल उपकरणहरू, र नवीनतम स्मार्टफोनहरूको पहुँचलाई अझै सहज बनाएको छ ।