काठमाडौं । स्पष्ट रूपमा आकाश नदेखिएको अवस्थामा समेत स्पेसएक्सको आउँदै गरेको सेलुलर स्टारलिङ्क सेवाको सिग्नल प्राप्त गर्न सकिने भएको छ । खल्तीमा रहेको फोनमा समेत उक्त स्याटलाइट प्रविधिले सञ्चार गर्न सक्ने स्पेस एक्सको स्याटलाइट इन्जिनियरिङका वरिष्ठ निर्देशक बेन लङ्गमायरले बताएका हुन् ।
लङ्गमायर स्पेस एक्सको डाइरेक्ट-टु-सेल स्टारलिङ सेवाको परीक्षण गर्दै आएका छन्, जसले भित्र समेत काम गर्ने कुरा कम्पनीले यस अघि नै निश्चित गरिसकेको छ । आइतबार लङ्गमायरले एक्समा एक पोस्टमार्फत थप विवरण राख्दै भनेका छन्, "म मेरो अधिकांश परीक्षण भित्र तथा मेरो डिनर टेबलमा गरिरहेको हुन्छु, जुन झ्याल नजिकै छ ।"
I do most of my testing inside and my dinner table. It’s near a window.
SpaceX DTC also works in a pocket facing away from the sat, and inside a Tesla. I really thought the human body would attenuate more signal.
"आकाशमा रहेको स्याटलाइटसँग सिधा नजरभन्दा बाहिर हुने गरी खल्तीमा रहेको अवस्थामा र टेस्ला गाडीभित्र समेत स्पेसएक्स डीटीएक्स [डाइरेक्ट टु सेल]) काम गर्छ । जहाँसम्म मलाई लाग्छ कि मानव शरीरले सिग्नललाई थप कमजोर बनाउँछ ।"
यो विवरणबाट सेलुलर स्टारलिङ स्याटलाइटको सम्भावित क्षमताको थप झलक मिल्छ, जसले भ्वाइस कल र इन्टरनेट डाउनलोडको सुविधा दिनुभन्दा पहिला टेक्स्ट मेसेजलाई सपोर्ट गर्छ । नेटवर्कको पहुँच नरहेका स्थानमामा सेलुलर मोबाइल सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई सघाउने गरी स्पेसएक्सले प्रविधि विकास गरिरहेको छ, जुन प्रायः दुर्गम भूभागहरूमा उपलब्ध हुनेछ ।
सेलुलर स्टारलिङ्क सेवाको व्यावसायिक सञ्चालनका लागि कम्पनी एफसीसी (सङ्घीय सञ्चार आयोग) को अनुमतिको पर्खाईमा छ । हुरिक्यान आँधीबाट पीडितको सहयोगार्थ उक्त एजेन्सीले स्पेस एक्सलाई सेलुलर स्टारलिङ स्याटलाइटका लागि टेक्स मेसेजको इमर्जेन्सी अनुमति दिएको छ, टी-मोबाइलका सीईओका अनुसार यसमार्फत लाखौं मेसेज डेलिभर भइसकेका छन् ।
एउटा छुट्टै पोस्टमा लङ्गमायरले भनेका छन्, "२४ घण्टाभित्रै हुरिक्यान प्रभावित क्षेत्रमा इमर्जेन्सी एसएमएस सक्रिय पारिएको थियो ।" "मलाई लाग्छ भविष्यमा हामी त्यसलाई घटाएर दश मिनेटमै पृथ्वीको कुनै पनि ठाउँ (५८ डिग्री उत्तरदेखि ५८ डिग्री दक्षिण अल्टिच्युड) मा सेवा उपलब्ध गराउन सक्छौँ," उनले अगाडि थपेका छन् ।
We hope so too!@Starlink was able to turn on emergency SMS for Hurricane Milton affected areas in under 24 hrs.
In the future, I think we can get that down to tens of minutes of reaction time for any area on Earth from 58 deg N to 58 deg S latitudes.