टेकपाना
कात्तिक १४, २०८१ १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल विभिन्न स्थानमा ठूलो स्क्रिनमा देखाउने भएको छ ।
एक सूचना जारी गर्दै महानगरले टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा नि:शुल्क खेल देखाउने जानकारी दिएको हो ।
यी तीन स्थानमा एलईडी स्क्रिनबाट खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाल र बङ्गलादेशबीच हुने फाइनल खेल साँझ साढे ६ बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १३:१५