close

साफ फाइनललाई युट्युबमा मात्रै ८ लाख बढीले लाइभ हेर्दे, नयाँ रेकर्ड कायम

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ १८:५६

साफ फाइनललाई युट्युबमा मात्रै ८ लाख बढीले लाइभ हेर्दे, नयाँ रेकर्ड कायम

काठमाडौं । साफ महिला च्याम्पियनशिप २०२४ अन्तर्गत अहिले नेपाल र बङ्गलादेशबीच दशरथ रङ्गशालामा फाइनल खेल भइरहेको छ । यो खेललाई युट्युबमा मात्रै ८ लाख बढीले प्रत्यक्ष हेरिरहेका छन्, जुन नेपाली टिम सहभागी कुनै पनि खेलमध्ये अहिलेसम्मकै धेरै हो ।

प्रत्यक्ष प्रसारणको अधिकार लिएको कान्तिपुर टेलिभिजनले विभिन्न प्लेटफर्ममार्फत खेल देखाएको छ । यसअन्तर्गत कान्तिपुर म्याक्स युट्युब च्यानलमा खेलको सुरुवातदेखि नै ६ लाख बढी दर्शक थिए ।

यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेललाई युट्युबमा मात्रै पाँच लाख २५ हजार बढीले प्रत्यक्ष हेरेका थिए ।

फाइनल खेल विभिन्न सहरका सार्वजनिक स्थानहरूमा ठूला स्क्रिनमा समेत देखाइँदै छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १९:३