काठमाडौं । मोबाइल फोन विस्फोट हुँदा भारतमा शुक्रबार एक जनाको ज्यान गएको छ । मध्य प्रदेशस्थित भिण्ड जिल्लामा चन्द्रप्रकाश नामका एक युवकको मोबाइल विस्फोटमा ज्यान गएको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार ती व्यक्तिले खाना पकाउँदै मोबाइल फोन हेरिरहेका थिए । तर अचानक हातबाट तातो तेलमा मोबाइल खस्दा फोन केहीबेरमै विस्फोट भयो । उनलाई पूर्ण रूपमा जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भयो ।
पीडितका परिवारजनले एम्बुलेन्स ढिलाइका कारण युवकको ज्यान गएको आरोप लगाएका छन् । युवकलाई सुरुमा लहारको सिभिल अस्पतालमा लगिएको थियो, जहाँबाट थप उपचारका लागि ग्वालियर पठाइएको थियो । तर, सिन्ध नदीको पुलमा जाम हुँदा एम्बुलेन्स ढिला भयो र बाटोमै निधन भयो।
लहार प्रहरी चौकीले मृतकका आफन्तको उजुरीका आधारमा “मोबाइल विस्फोटबाट मृत्यु” को घटनाको उजुरी दर्ता गरेको छ । मृतक युवक चन्द्रप्रकाशको परिवारमा उनकी पत्नी, १४ वर्षकी छोरी र ८ वर्षको छोरा रहेका छन्।
त्यस्तै लहार प्रहरी चौकीमा मृतकका नातेदारले ‘मोबाइल विस्फोटबाट मृत्यु’ भएको भन्दै निवेदन दर्ता गरेका छन् । मृतकको एक श्रीमती, १४ वर्षीया छोरी र ८ वर्षीय छोरा रहेको बताइएको छ ।र