काठमाडौं । प्रभु बैंक लिमिटेड नेपाली पब्जी टिम डीआरएस गेमिङको नयाँ शीर्ष प्रायोजक बनेको छ । मंगलबार सामाजिक सञ्जालमा पोष्ट राख्दै डीआरएसले प्रभु बैंकलाई शीर्ष प्रायोजकका रूपमा स्वागत गरेको छ ।
"प्रभु बैंक अब हाम्रो टाइटल स्पोन्सर भएको छ," डीआरएसले फेसबुक पोस्टमा लेखेको छ । यस सहकार्यले नेपालमा ई-स्पोर्ट्स र गेमिङ समुदायमा थप सफलता मिल्ने अपेक्षा गरिएको छ ।
बैंकले डीआरएसलाई के कसरी समर्थन गर्छ भन्ने विषय स्पष्ट रूपमा खुलाइएको छैन ।