close

नेपाल विश्वकपमा छनोट भएको खुसीमा एक्सएजले सबै प्रडक्टमा ५५ प्रतिशत छुट दिने

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १६:२७

नेपाल विश्वकपमा छनोट भएको खुसीमा एक्सएजले सबै प्रडक्टमा ५५ प्रतिशत छुट दिने

 

काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकपमा नेपाली टिम पुगेको खुसीमा ​एक्सेसरिज ब्रान्ड एक्सएजले आफ्ना विभिन्न प्रडक्टमा ५५ प्रतिशतसम्म छुट दिने भएको छ । बिहीबार कम्पनीले आफ्ना विभिन्न प्रडक्टमा विशेष छुटको उपलब्ध गराउने घोषणा गरेको हो । 

“नेपाली महिला यू-१९ क्रिकेट टोलीको विश्व कपमा छनोट हुँदै इतिहास रचेर हामीलाई गौरवान्वित महसुस गराएको छ,” कम्पनीले भनेको छ, “यो ऐतिहासिक अवसर मनाउन एक्सएजले साढे पाँच बजेदेखि सबै एक्सएज प्रडक्टमा ५५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।” 

नेपालमा यस ब्रान्डले स्मार्टवाच, इयरबड, हेडफोन, पावरबैंक, एडप्टर, स्पिकर, इयरफोन, टिभी र नेकब्यान्ड लगायतका प्रडक्ट बिक्री गर्दै आएको छ । दराजमा एक्सएजका प्रडक्ट छुटसहित खरिद गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । यो अफर बिहीबार अपरान्ह साढे ५ बजे सुरु हुनेछ भने सीमित समयसम्म मात्र लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८१ १६:२७