काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले नेपाली बजारमा तीन नयाँ पावर बैङ्क भित्र्याएको छ । कम्पनीले साओमी पावर बैङ्क फोरआई १०,००० एमएएच (२२.५ वाट फास्ट चार्ज), साओम पावर बैङ्क फोरआई २०, ००० एमएएच (३३ वाट सोनिक चार्ज) र साओमी पकेट पावर बैङ्क १०,००० एमएएच (२२.५ वाट विथ बिल्ट इन केबल) रहेका छन् ।
यी मध्ये १०,००० एमएएच क्षमताको पावर बैङ्क फोर आई पोर्टेबल छ, जसले स्मार्टफोन, ट्याबलेट जस्ता डिभाइसहरू छिटो चार्ज गर्ने कम्पनीले जनाएको छ । यसबाट एकै पटकमा तीन ओटासम्म डिभाइस चार्ज गर्न सकिन्छ ।
त्यस्तै २०,००० एमएएच क्षमताको पावर बैङ्क फोर आईमा १०,००० एमएएच क्षमताका दुई वटा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यसले गर्दा दिनभरि एकभन्दा बढी डिभाइसहरू चार्ज गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो लामो समय चलाउनका लागि डिजाइन गरिएको पावर बैङ्क हो ।
त्यसैगरी १०,००० एमएएच क्षमताको पकेट पावर बैङ्क स्टाइलिस हुनुका साथै शक्तिशाली पनि रहेको कम्पनीको दाबी छ । यसबाट पनि तीन डिभाइसलाई एकै पटक चार्ज गर्न सकिन्छ । विशेषगरी यात्राका लागि यो पावर बैङ्क उपयुक्त हुन्छ ।
ग्राहकले नेपाली बजारमा पावर बैङ्क फोरआई १०,००० एमएएच तीन हजार ४९९ रुपैयाँ र पावर बैङ्क फोरआई २०,००० एमएएच चार हजार ९९९ रुपैयाँमा किन्न सक्नेछन् । त्यसैगरी पकेट पावर चार हजार २९९ रुपैयाँ खरिद गर्न सक्नेछन् ।