close

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, कसले दिन सक्छन् आवेदन ?

टेकपाना टेकपाना

मंसिर ४, २०८१ १४:५०

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, कसले दिन सक्छन् आवेदन ?

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै योग्यता पूरा गर्ने व्यक्तिहरूलाई उक्त पदमा आवेदन दिन आह्वान गरेको हो ।

यस पदमा आवेदन दिनका लागि उम्मेदवार कम्तीमा ३० वर्षको उमेर पुगेको हुनुपर्छ भने मान्यताप्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

यसैगरी, सरकारी सेवामा सहसचिव वा सो सरहको पदमा काम गरेको वा सार्वजनिक संगठित संस्था वा कम्पनीमा दशौं तह वा सोभन्दा माथिको कार्यकारी पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले कुनै पनि प्रकारको फौजदारी मुद्दामा अदालतबाट सजाय नपाएको प्रमाण पेश गर्नुपर्नेछ । साथै, उनीहरूले विदेशी नागरिकता नलिएको र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको रूपमा कार्य गर्न सक्षम हुने विश्वाससाथ स्वःघोषणा पनि पेस गर्नुपर्नेछ ।

उम्मेदवारको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा तयार शर्टलिस्टबाट मन्त्रिपरिषद्ले एक जनालाई सिफारिस सिफारिस गर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८१ १५:१७