close

नेपाल भित्रियो ७५ किमि रेन्ज दिने टीभीएस विद्युतीय स्कुटरको नयाँ भेरियन्ट, कति छ मूल्य ?

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १७:३४

नेपाल भित्रियो ७५ किमि रेन्ज दिने टीभीएस विद्युतीय स्कुटरको नयाँ भेरियन्ट, कति छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा भारतीय ब्रान्ड टीभीएसको विद्युतीय स्कुटरको नयाँ भेरियन्ट सार्वजनिक भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार एक कार्यक्रम गर्दै २.२ किलोवाटको ब्याट्री क्षमताको टीभीएस आईक्युब स्कुटर सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले नेपालमा टीभीएस आईक्युब ३.४ किलोवाट र टीभीएस आईक्युब एस ३.४ किलोवाट क्षमताको स्कुटर सार्वजनिक गरिसकेको छ । जसले समग्रमा १२ महिनाको अवधिमा नेपाली सडकमा १५ लाख किलोमिटर यात्रा पूरा गरिसकेको कम्पनीको दाबी छ ।

विश्वभर चार लाख बढी ग्राहकले रोजेको टीभीएस आईक्युबमा विभिन्न प्रकार, प्रविधि, चार्जिङ, र मूल्य विकल्प पाउने कम्पनीको भनाई छ । यो नयाँ भेरियन्ट पनि फास्ट चार्जिङ सहित आउने भएकाले ग्राहकलाई थप सहज हुने कम्पनीको विश्वास छ । 

टीभीएस आईक्युब २.२ किलोवाट भेरियन्ट स्कुटरले एक पटकको फुल चार्जमा ७५ किलोमिटरको रेन्ज दिने बताइएको छ । लिथियम आयन ब्याट्री रहेको यसलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ९५० वाटको चार्जरले दुई घण्टा लाग्ने बताइएको छ । 

४.२ सेकेन्डमा ४० किलोमिटर प्रतिघण्टाको गति समात्ने यो स्कुटरको अधिकतम गति भने ७५ किलोमिटर रहेको छ । कूल तौल ११० केजी भएको यो स्कुटरमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले स्कुटरमा ट्युबलेस टायर दिएको छ भने यसमा अधिकतम टर्क १४० न्युटनमिटर पाउन सकिन्छ । 

वाटर एन्ड डस्टर रेसिस्टेन्समा यसले आईपी ६७ सेटिङ पाएको छ भने पाँच इन्चको कलर टीईएफ स्क्रिन स्कुटरमा राखिएको छ । सिट मुनी ३० लिटरको स्पेस भएको यो स्कुटर वाल्नट ब्राउन र पर्ल ह्वाइट गरी दुई ओटा रङ्गमा उपलब्ध छ । 

कम्पनीका अनुसार यो स्कुटरको मूल्य नेपाली बजारमा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । यसलाई ग्राहकले टीभीएसको नेपाली वेबसाइट अथवा नेपालभरका ४० ओटा डिलरबाट खरिद गर्न सक्ने छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १७:३४