close

ललितपुरमा सीजीको अत्याधुनिक ईभी सर्भिस सेन्टर, सीजी केयर्स मार्फत २४ सै घण्टा सडक सहायता दिने

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १७:१८

ललितपुरमा सीजीको अत्याधुनिक ईभी सर्भिस सेन्टर, सीजी केयर्स मार्फत २४ सै घण्टा सडक सहायता दिने

 

काठमाडौं । सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालका लागि विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको वितरक कम्पनीले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको हो ।

यो काठमाडौं उपत्यकामा सीजी मोटर्सले स्थापना गरेको दोस्रो सर्भिस सेन्टर हो । चौधरी ग्रुपका अध्यक्ष डा विनोद चौधरीले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

देशका २२ स्थानमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखिएको बताएको छ ।

साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा समेत लगानी गरिरहेको छ । आफूसँग नेपालभर २०० भन्दा बढी सीसीएस २ र

जीबीटी चार्जिङ पोइन्टका साथ सर्वाधिक चार्जिङ पोइन्ट रहेको बताउने सीजी मोटर्सले थप १०० भन्दा बढी स्थानमा चार्जिङ पोइन्ट बिस्तार गर्ने लक्ष्य लिएको छ । नयाँ सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत विक्री वितरण गरिएका आयोन, एक्सपेङ, स्मार्ट, नेटा, रिडारा, डायुन जस्ता ब्रान्डलाई सेवा प्रदान गर्नेछ ।

कम्पनीले यससँगै सीजी केयर्स सेवा पनि सुरु गरेको छ । जसअन्तर्गत +९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत सातै दिन २४ सै घण्टा सडक सहायता उपलब्ध गराउने बताएको छ । अहिले नेपालभर ग्राहकहरूलाई २१ भन्दा बढी सेवा केन्द्रसहित सीजी मोटर्सले दक्ष तथा विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १७:५९