काठमाडौं । आजको युग सूचना प्रविधिको युग हो । प्रविधि र यसको उपयोगितालाई बुझ्न तथा यस क्षेत्रका नयाँ आविष्कारहरूमा योगदान पुर्याउन उच्चस्तरीय शिक्षा आवश्यक छ । नेपालमा सूचना प्रविधि (आईटी) विषयको अध्ययन स्नातक तहमा जति लोकप्रिय छ, त्यति स्नातकोत्तर तहमा छैन । तर, केही विश्वविद्यालय र कलेजहरूले भने यस तहमा विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालय
विद्यार्थी, कलेज, शिक्षक लगायतका आधारमा देशकै ठूलो त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा विभिन्न विषयमा आईटी कार्यक्रम सञ्चालन गरिरहेको छ । ती शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गत छन्:
इन्जिनियरिङ अध्ययन संस्थान
एमएससी इन इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ (एमएससीआईसीई)
आईओई अन्तर्गत यो कोर्स पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाइ भइरहेको छ । ६० क्रेडिट, चार सेमेस्टरमा पढाइ हुने कोर्समा हाल आईओईले एक शैक्षिक सत्रमा २० विद्यार्थी मात्र भर्ना लिइरहेको छ । कोर्समा इन्फर्मेसन थ्यौरी एन्ड कोडिङ, इन्फर्मेसन सिस्टम एनालिसिस एन्ड डिजाइन, रिसर्च एन्ड अप्टिमाइजेसन मेथोड लगायतका विषय रहेका छन् । कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
एमएससी इन टेक्नोलोजी एन्ड इनोभेसन म्यानेजमेन्ट (टीआईएम)
नर्वेजियन विश्वविद्यालय अफ साइन्स एण्ड टेक्नोलोजी, नर्वेसँगको साझेदारीमा त्रिविले सन् २०१० जुलाईदेखि यो कोर्स सञ्चालन गरिरहेको छ । कुल क्रेडिट ७० रहेको कोर्समा पनि २० विद्यार्थीले मात्र एक शैक्षिक सत्रमा अध्ययन गर्न सक्छन् । कोर्सको पाठ्यक्रमबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एमएससी इन कम्प्युटर सिस्टम इन्जिनियरिङ एन्ड नलेज म्यानेजमेन्ट (एमएस सीएसकेई)
यो कोर्सको उद्देश्य विद्यार्थीहरूलाई कम्प्युटर सिस्टम र नलेज इन्जिनियरिङको क्षेत्रमा विशेषज्ञता प्रदान गर्नु हो । कोर्समा कम्प्युटर सिस्टम, इम्बेडेड सिस्टम, कम्प्युटर इन्जिनियरिङको डिजाइन, डेभलपमेन्ट र प्रोग्रामिङमा जोड दिइएको छ । कोर्सबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एमएससी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन डेटा साइन्स एन्ड एनालिटिक्स
कुनै पनि समस्या समाधानका लागि डेटा प्रयोग गर्न सिकाउने यो कोर्स विशेषगरी डेटा साइन्स र एनालिटिक्स क्षेत्र मन पराउनेका लागि उपयुक्त हुन्छ । कोर्समा फाउन्डेसन अफ डेटा साइन्स एन्ड एनालिटिक्स, बिग डेटा एनालिटिक्स, इन्फर्मेसन भिजुअलाइजेसन जस्ता विषय समावेश छन् । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
४० क्रेडिट आवरको यो दुई वर्षे कोर्सले कम्प्युटर एप्लिकेसन, प्रोग्रामिङ, थ्यौरी, डिजाइन आदिबारे जानकारी दिन्छ । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एमएससी बायोटेक्नोलोजी
बायोटेक्नोलोजी सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको यस कोर्स चार सेमेस्टर गरी दुई वर्ष पढाइ हुन्छ । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
मास्टर इन डेटा साइन्स (एमडीएस)
यो विषय त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्याथम्याटिकल साइन्स अन्तर्गत पढाइ भइरहेको छ । सन् २०१६ देखि सुरु भएको कोर्सले विद्यार्थीहरूलाई गणित, तथ्याङ्क, आईटी र कम्प्युटर साइन्सबारे विशेष ज्ञान प्रदान गर्छ । कोर्सबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।
मास्टर इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी)
सूचना प्रविधिको विशेष क्षेत्रबारे सैद्धान्तिक तथा व्यवहारिक शिक्षाबारे जानकारी लिन यो कोर्स डिजाइन गरिएको छ । यसको अध्ययनपछि विद्यार्थीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न आवश्यक ज्ञान, बुझाइ र अनुसन्धान गर्ने सीप पाउनेछन् । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय
मास्टर इन कम्प्युटर एप्लिकेसन (एमसीए)
विश्वविद्यालयले पाटन बहुमुखी क्याम्पसमा पढाउने गरी हालै मात्र यो कोर्स ल्याएको हो । ६३ क्रेडिट आवरको यो कोर्स एक शैक्षिक सत्रमा जम्मा ३० जना विद्यार्थीहरूले पढ्न सक्नेछन् । यसमा विद्यार्थीहरूले परिवर्तनशील विभिन्न कम्प्युटर एप्लिकेसनहरूसँग काम गर्न सक्ने ज्ञान पाउँछन् । कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
व्यवस्थापन सङ्काय
मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन इन इन्फर्मेसन टेक्नोलोजी (एमबीए आईटी)
व्यवसाय र सूचना प्रविधि दुवैमा रुचि भएकालाई उपयुक्त हुने कोर्स हो, एमबीए आईटी । यसमा विद्यार्थीहरूले व्यवसायबारे बुझ्ने त छँदै छन्, सँगै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयबारे समेत जानकारी प्राप्त गर्नेछन् । आईटी एप्लिकेसन इन बिजनेस, बिग डेटा एन्ड बिजनेस एनालिटिक्स, इन्फर्मेसन सेक्युरिटी जस्ता विषय यसमा अध्ययन गर्नुपर्ने हुन्छ । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालयले समेत मास्टर्समा विभिन्न आईटी विषयहरू सञ्चालन गरिरहेको छ ।
स्कुल अफ इन्जिनियरिङ
मास्टर अफ इन्जिनियरिङ (कम्प्युटर इन्जिनियरिङ)
उच्च शैक्षिक क्षमता भएका इन्जिनियरिङ जनशक्ति उत्पादन गर्नु यस कोर्सको उद्देश्य रहेको छ । कोर्सको अध्ययनपछि विद्यार्थीहरूले कम्प्युटर इन्जिनियरिङको शिक्षा र अनुसन्धान गतिविधिका सबै पाटोमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताइएको छ । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
मास्टर अफ टेक्नोलोजी (इन्फर्मेसन टेक्नोलोजी)
यो कोर्सको उद्देश्य विज्ञान पृष्ठभूमिका विद्यार्थीहरूलाई आईटीबारे विशेष शिक्षा प्रदान गर्नु हो । कोर्सले सूचना प्रविधि उद्योग, अनुसन्धान विकास र उत्पादन गतिविधिमा आवश्यक सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एआई)
एआई, डेटा साइन्स, एड्भान्स कम्प्युटेसन आदि क्षेत्रम दक्ष जनशक्ति उत्पादन गर्नु यस कोर्सको उद्देश्य रहेको छ । कोर्सको अध्ययनपछि विद्यार्थीहरूले कम्प्युटर भिजन इन्जिनियर, डेटा साइन्टिस्ट, मसिन लर्निङ इन्जिनियर आदिको भूमिकामा भएर काम गर्न सक्नेछन् । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
मास्टर इन हेल्थ इन्फर्मेटिक्स
सूचना प्रविधि र स्वास्थ्य क्षेत्र दुवै बुझेको दक्ष जनशक्ति उत्पादन गर्ने यो कोर्सको उद्देश्य रहेको छ । किनकि पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि सूचना प्रविधिको विकास बढ्दो क्रममा छ । कोर्स अध्ययनपछि विद्यार्थीले स्वास्थ्य क्षेत्रसँग सम्बन्धी विभिन्न कम्पनी तथा संस्थामा डेटा एनालिस्ट, सिस्टम आर्किटेक्ट आदिको भूमिकामा काम गर्न सक्छन् । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
स्कुल अफ साइन्स
एमएससी इन कम्प्युटेसनल म्याथम्याटिक्स
यो कोर्स विश्वविद्यालयको डिपार्टमेन्ट अफ म्याथम्याटिक्सले सञ्चालन गरिरहेको छ । कम्प्युटिङ र गणितशास्त्र दुवैको ज्ञान, सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु कोर्सको उद्देश्य रहेको छ । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एमटेक इन बायोटेक्नोलोजी
यो शैक्षिक कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई उच्चतम सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपले प्रशिक्षण गर्नु हो । ५२ क्रेडिटका आवर रहेको कोर्सको पाठ्यक्रम ५० प्रतिशत पढाइ र ५० प्रतिशत विद्यार्थीको स्वअध्ययनका आधारमा पूरा हुने गरी डिजाइन गरिएको छ । कोर्सबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
पूर्वाञ्चल विश्वविद्यालय
इन्जिनियरिङ सङ्काय
मास्टर अफ साइन्स इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ (एमएससी आईएसई)
इन्फर्मेसन सिस्टमका विविध क्षेत्रमा वृहत ज्ञान बटुल्न चाहिरहेका इन्जिनियर अथवा विद्यार्थीका लागि यो कोर्स डिजाइन गरिएको हो । यो कोर्स पढेका विपद्यार्थीहरूले सूचना प्रविधिको क्षेत्रमा विज्ञता हासिल गर्न सक्छन् । नेपाली विद्यार्थीलाई यो कोर्स अध्ययन गर्न सात लाख रुपैयाँ जति लाग्छ । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
विज्ञान तथा प्रविधि सङ्काय
मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए)
एमसीए ६६ क्रेडिट आवरको यो दुई वर्षे कोर्स हो । यसमा विद्यार्थीले सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटिङ एन्ड नेटवर्किङ, बिजनेस एन्ड म्यानेजमेन्ट आदिकाबारे जानकारी लिन्छन् । यो कोर्सको शुल्क करिब तीन लाख रुपैयाँ रहेको छ । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पोखरा विश्वविद्यालय
व्यवस्थापन अध्ययन सङ्काय
मास्टर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस)
कम्प्युटर इन्जिनियर नभए पनि कतिपयलाई कम्प्युटरसँग सम्बन्धित विषय अध्ययन गर्न मन हुन्छ । त्यस्ता विद्यार्थीलाई उपयुक्त हुने कोर्स हो, एमसीआईएस । कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
विज्ञान तथा प्रविधिक सङ्काय
मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स
क्षमतावान् कम्प्युटर स्नातक उत्पादन गर्न यो कोर्स डिजाइन गरिएको छ । कोर्स सकेपछि विद्यार्थीले स्नातक र स्नातकोत्तर स्तरमा अध्यापन गर्न, कम्प्युटर विज्ञान सम्बन्धी अनुसन्धान कार्य सञ्चालन गर्नुका साथै आईटी उद्योगमा काम गर्न सक्छन् । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
मास्टर अफ साइन्स इन कम्प्युटर इन्जिनियरिङ
यो कोर्स विद्यार्थीहरूलाई कम्प्युटर इन्जिनियरिङ क्षेत्रमा उच्च शिक्षा प्रदान गर्न डिजाइन गरिएको छ । कोर्स पूरा गरेपछि विद्यार्थीहरूले अध्यापनमा संलग्न हुन, उद्योग र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा अनुसन्धान गर्न, कम्प्युटिङ र आईटी क्षेत्रहरूमा काम गर्न सक्छन् । कोर्सको पाठ्यक्रमबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
मास्टर अफ साइन्स इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ
नेपालमा सूचना प्रणाली इन्जिनियरिङ अभ्यासका प्राविधिक, सामाजिक, कानुनी तथा नैतिक पक्षहरूलाई सफलतापूर्वक सम्बोधन गर्न आवश्यक सीप भएका व्यावसायिक इन्जिनियरहरू उत्पादन गर्नेगरी यो कोर्स डिजाइन गरिएको छ । कोर्सबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
मास्टर अफ साइन्स इन बायोइन्फर्मेटिक्स
यो कोर्सले विद्यार्थीहरूलाई बायोलोजिकल इन्फर्मेसन उत्पादन, भण्डारण, विश्लेषण र व्याख्या गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्छ । यसमा भर्ना भएका विद्यार्थीले उत्तीर्ण हुन ४५ क्रेडिट आवरको कोर्स वर्क र १५ क्रेडिट आवरको अनुसन्धानात्मक काम अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । यसबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
नेपाल खुला विश्वविद्यालय
विज्ञान स्वास्थ्य र प्रविधि संकाय
मास्टर इन ई-गभर्नेन्स
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
मास्टर अफ अप्लाइड साइन्स इन आर्टिफिसियल
मास्टर अफ अप्लाइड साइन्स इन डेटा साइन्स
विदेशी विश्वविद्यालय
सफ्टवेरिका कलेज
एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स
इस्लिङटन कलेज
एमएससी आईटी इन डेटा एनालिटिक्स
एमएससी आईटी इन साइबर सेक्युरिटी
एमबीए विथ स्पेसलाइजेसन इन डिजिटल मिडिया/साइबर सेक्युरिटी