close

पाठ्यक्रम विकास केन्द्रको वेबसाइट ५ दिनदेखि डाउन, विद्यार्थीले पाएनन् समकक्षता प्रमाणपत्र

टेकपाना टेकपाना

मंसिर ११, २०८१ १५:४८

पाठ्यक्रम विकास केन्द्रको वेबसाइट ५ दिनदेखि डाउन, विद्यार्थीले पाएनन् समकक्षता प्रमाणपत्र

काठमाडौं । माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र प्रदान गर्न पाठ्यक्रम विकास केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट पाँच दिनदेखि डाउन भएको पाइएको छ । वेबसाइट नचल्दा माध्यमिक तह (कक्षा १० र कक्षा १२) सरहको मान्यता तथा समकक्षता सेवा अवरुद्ध भएको छ ।

हाल यो वेबसाइट खोल्दा 'दिस साइट कान्ट बी रिच' भन्ने सन्देश देखापर्छ । ​सामाजिक सञ्जाल एक्समा मङ्गलबार बिहान पोस्ट गरिएको एक भिडिओ अनुसार केन्द्रको वेबसाइट ह्याक भएको जस्तो देखिन्छ । जहाँ, वेबसाइट खोल्दा ‘सक्दैन नि फेरि (शट है शट) लेखिएको रोडब्लक आएको थियो । 

पाठ्यक्रम विकास केन्द्रले गत जेठ १७ देखि अनलाइनबाट मात्रै समकक्षता प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो । वेबसाइट नचल्दा विद्यार्थीले माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्रका लागि आवेदन दिन सकेका छैनन् भने प्रक्रिया पूरा गरिसकेका विद्यार्थी प्रमाणपत्र पाउन असमर्थ भएका छन् ।

केन्द्रका निर्देशक एवं सूचना अधिकारी वासुदेव वस्तीले वेबसाइट नचलेको बारे आफूलाई जानकारी नभएको र बुझेर खबर गर्ने बताए ।  “अहिलेको समस्याबारे कुनै अपडेट प्राप्त गरेको छैन । प्राविधिक टिमले समस्याको समाधान गरिरहेको होला,” उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८१ १६:१२