काठमाडौं । नियो स्टोरले ल्यापटप एक्सचेन्ज अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले पुरानो ल्यापटप दिएर नयाँ ल्यापटप प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले ग्राहकका पुराना ल्यापटपको मूल्य निर्धारण गरी, त्यस मूल्यबाट छुट दिएर नयाँ ल्यापटप उपलब्ध गराउने जनाएको छ । यसरी, ग्राहकले आफ्नो पुरानो ल्यापटपको मूल्य घटाएर आफूलाई मनपर्ने नयाँ ल्यापटप खरिद गर्न सक्नेछन् ।
कम्पनीले यस अफरमा शून्य प्रतिशत किस्ताबन्दी सेवा पनि प्रदान गर्नेछ । साथै, ल्यापटपमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सुविधा पनि उपलब्ध गराइने छ । यो सेवा देशका विभिन्न सहरमा रहेका नियो स्टोरका आउटलेटमा सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।