close

भिभो बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक स्मार्टफोन पार्टनर

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १७:४८

भिभो बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा भिभो आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ । भोलिदेखि सुरु हुने यस लिगका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भिभोसँग साझेदारी गरेको हो ।

आईपीएल, यूईएफए युरो कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा साझेदार रहिसकेको भिभोले नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज लिगमा पनि प्रायोजन गरेको हो ।

प्रतियोगिता अवधिभर भिभोले विभिन्न डिजिटल र भौतिक गतिविधिहरू सञ्चालन गर्नेछ। यसअन्तर्गत अन्तर्क्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी र दर्शकमैत्री कार्यक्रमहरू समावेश हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १८:४०