काठमाडौं । नेपाली बजारमा नामी ईभीको मूल्य बढेको छ । नेपालका लागि नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले २५ हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको छ ।
यस अन्तर्गत नामी ई१ को मूल्य २५ हजारले वृद्धि भएर ३० लाख २४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, नामी ई२ को मूल्य ५० हजार रुपैयाँले बढेको छ । अब ग्राहकले ३२ लाख ४९ हजार रुपैयाँमा तिरेर यो मोडेल किन्न सक्नेछन् ।
त्यस्तै नामी ई३ मोडेलको मूल्य एकैपटक एक लाख रुपैयाँले बढेको छ । अब यो गाडी किन्न ३५ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्छ ।
डुअल टोन कलर भेरियन्ट खोज्ने ग्राहकले थप ५० हजार रुपैयाँ तिर्नुपर्ने एमएडब्लू वृद्धिले जनाएको छ ।
कम्पनीका अनुसार लन्च अफर स्वरूप नामी गाडीको विक्री वितरण भइरहेकोमा योजना समाप्त भइसकेकाले सामान्य मूल्य तोकिएको हो ।