close

अनलाइनमै यसरी पढ्नुहोस् विद्यालय तहका शैक्षिक कार्यक्रम

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १६:३१

अनलाइनमै यसरी पढ्नुहोस् विद्यालय तहका शैक्षिक कार्यक्रम

 

काठमाडौं । अहिले प्रविधिका कारण पठनपाठन धेरै सजिलो भएको छ । पहिले केही कारणवश विद्यालय जान नसके अतिरिक्त कक्षा लिनुपर्थ्यो । तर अहिले प्रविधिको विकासले घरमा नै बसेर विद्यालय तहका विद्यार्थीहरूले पठनपाठन गर्न सक्छन् ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामाजिक सञ्जाल, रेडिओ, टेलिभिजनमार्फत शैक्षिक सामग्रीहरू प्रसारण गरिरहेको छ ।

आज हामी ती सामग्री कसरी पहुँच गर्ने भन्नेबारे चर्चा गर्ने छौं: 

युट्युब

केन्द्रले विद्यालय तहका अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडिओ पाठहरू आफ्नो युट्युब च्यानल एनसीईडी भर्चुअल (NCED Virtual) मा राखेको छ । यसबाट तपाईंले आफ्नो फुर्सदमा विभिन्न कक्षा लिन सक्नुहुन्छ । 

फेसबुक

डिस्ट्यान्स एजुकेसन एन्ड ओपन लर्निङ नामको फेसबुक पेजमा केन्द्रले रेडियो नेपालबाट प्रसारण भएका सबै पाठहरूको लिङ्क शेयर गर्ने गरेको छ । यससँगै अन्य सान्दर्मिक सामग्री समेत शेयर गर्ने गरेको छ ।

वेबसाइट

विद्यालय तहका शैक्षिक कार्यक्रमहरूको पहुँचका लागि केन्द्र सहित विभिन्न वेबसाइट सक्रिय छ । केन्द्रको वेबसाइटमा अनलाइन सिकाइ सामग्री (ईसीईडी पोर्टल), सिकाई चौतारी, ई लाईब्रेरी जस्ता सबडोमेन रहेका छन् । जहाँबाट तपाईंले आफूले चाहेको समयमा शैक्षिक सामग्रीमा पहुँच पाउन सकिन्छ ।

रेडिओ र टेलिभिजन

केन्द्रले रेडिओ नेपाल, एनटीभी र एनभीटी प्लसमार्फत विभिन्न समयमा फरक फरक शैक्षिक सामग्री प्रसारण गर्दै आएको छ । यसमा शैक्षिक सूचनादेखि पाठ्यक्रममा आधारित फरक फरक श्रव्यदृश्यसम्म रहेका छन् । तल तालिकामा केन्द्रले रेडिओ र टेलिभिजनमा प्रसारण गर्ने विभिन्न कार्यक्रम र तिनको समय तालिका दिइएको छ ।

 

रेडिओ नेपाल

नेपाल टेलिभिजन

शैक्षिक कार्यक्रम

अडिओ पाठ प्रसारण

एनटीभी राष्ट्रिय प्रसारण

एनटीभी प्लस

मङ्गलवार र शनिवार

सोमवारदेखि शनिवार

मङ्गलवार

आइतबारदेखि शुक्रवार

मङ्गलवार शैक्षिक सूचना एवम् शैक्षिक गतिविधिहरू 

शनिवार

चेतनामूलक लघुनाटक

विद्यालय शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित विभिन्न कक्षाका श्रव्य पाठहरू

शैक्षिक बहस र देशभरका शैक्षिक संस्थाका असल अभ्यासहरूको स्थलगत रिपोर्ट

विद्यालय शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित विभिन्न कक्षाका श्रव्यदृश्य पाठहरू

साँझ ७:२५ बजे

साँझ ५:१५ देखि ५:४५

साँझ ८:२५ देखि ८:५५

साँझ ७:०० बजे

बिहान ६:०० देखि ८:३०

साँझ ४:३० देखि ७:००

१५ मिनेट

३० मिनेट

२५ मिनेट

३५-४० मिनेट

 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ १६:३३