काठमाडौं । नेपाली बजारमा विभिन्न साइजका नयाँ एलजी नानोसेल टिभी भित्रिएका छन् । चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्च साइजका नानोसेल टिभी उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यी टिभीमा प्रयोग गरिएका विशेष प्रविधिले जीवन्त रङ र तस्वीरको गुणस्तरमा सुधार ल्याउने छ । टिभीमा फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेभेन लगायतका प्रविधि समावेश छन् । यसअन्तर्गत एआई ब्राइटनेस कन्ट्रोल, एचडीआर टेन, एचएलजी, फिल्ममेकर मोड जस्ता विशेषता छन् । एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले ध्वनि स्पष्ट र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
वेबओएस २४, एलजी थिनक्यू, अमेजन अलेक्सा र एप्पल एयरप्ले जस्ता विशेषताका कारण टिभीले स्मार्ट प्लेटफर्महरू सपोर्ट गर्न सक्नेछ । साथै गेम अप्टिमाइजर र म्याजिक रिमोटजस्ता सुविधाले आधुनिक घरपरिवारको आवश्यकता पूरा गर्न सकिने कम्पनीको भनाइ छ । ।
सीजी डिजिटल स्टोर, एलजी शपिङ स्टोर र नेपालभर रहेका डिलर नेटवर्कमार्फत यी टिभी खरिद गर्न सकिने छ । टिभीमा पाँच वर्षसम्मको वेबओएस अपग्रेड सुविधा, नो-कस्ट इएमआई योजना र तीन वर्षको वारेन्टी सुविधा दिइएको सीजीले जनाएको छ ।