close

विद्युतीय गाडी दीपल बन्यो ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक

टेकपाना टेकपाना

मंसिर १८, २०८१ १४:३३

विद्युतीय गाडी दीपल बन्यो ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक

काठमाडौं । प्रिमियम इलेक्ट्रिक भेहिकल (ईभी) ब्रान्ड दीपल ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक बनेको छ । नेपाली टच इभेन्ट्सद्वारा १० पुसमा हुने कन्सर्टका लागि दीपल मुख्य प्रयोजक बनेको हो । 

यस साझेदारीलाई औपचारिकता दिन दीपलको वितरक एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । सोमबार राजधानीमा भएको उक्त कार्यक्रममा नेपाली मनोरञ्जन क्षेत्रका कलाकार तथा दीपलका प्रमोटर सन्दीप क्षेत्री पनि उपस्थित थिए ।

कार्यक्रममा बोल्दै विवेक सिकारियाले दीपललाई यस कन्सर्टको मुख्य प्रायोजक बनाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । उनले भने, “दीपलले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने उद्देश्यसहित नेपाली स्रोतामाझ बलिउडका लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको हो ।”

नेपाली टच इभेन्ट्सका राज गोस्वामीले पनि दिपलसँगको यो साझेदारी प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनको उत्कृष्ट समन्वयको प्रमाण हो भएको उल्लेख गरे । 

दीपलले बलिउड गायक सोनु निगमद्वारा प्रस्तुत हुने कन्सर्टमार्फत नेपाली दर्शकलाई कालजयी गीतहरूको अविस्मरणीय अनुभव दिलाउने अपेक्षा राखेको छ ।

कन्सर्टका टिकटहरू डिजिटल वालेट ईसेवामा उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ १५:३४