काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गर्दै डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले २०० र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजमा थप तीन महिनाको बोनस सहित निःशुल्क राउटर उपलब्ध गराउने योजना ल्याएको हो ।
डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ । यसै अवसरमा नयाँ र पुराना ग्राहकका लागि यो अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा तथा नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् ।
अफर लिन चाहने ग्राहकहरूले नजिकैको डिशहोमको आधिकारिक डिलरसँग सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।