काठमाडौं । अल्टिमा लाइफस्टाइलले इसेवासहित फोनपे नेटवर्कमा कारोबार गर्दा विभिन्न प्रडक्ट पाइने अफर ल्याएको छ । फोन पोइन्ट्ससँग सहकार्य गर्दै अल्टिमाले पोइन्ट्सका आधारमा इयरबड्स, पावरबैंक, स्पिकर लगायतका प्रडक्ट पाइने अफर ल्याएको हो ।
यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवा अथवा फोनपेमार्फत कुनै पनि कारोबारको भुक्तानी गर्दा पोइन्ट्स पाउनेछन् । सो पोइन्ट्स निश्चित अङ्कमा पुगेपछि प्रयोगकर्ताले रिडिम गरेर अल्टिमा लाइफस्टाइलको प्रडक्ट जित्न सक्नेछन् ।
कम्पनीका अनुसार ७५०० पोइन्ट्स हुँदा एटम ३२० वा एटम ८२० इयरबड्स पाइनेछ । त्यस्तै ७६९९ पोइन्ट्स हुँदा एटम १९२ इयरबड्स, १०७५० पोइन्ट्स हुँदा बुस्ट २० के प्रो (पावरबैंक), १२६२५ हुँदा रक (स्पिकर) पाउन सकिने छ ।
यसैगरी ५४००० पोइन्ट्स पुग्दा साउन्डबार एस १२० डब्लु र ६९००० पुग्दा साउन्डबार एस२०० डब्लु पाइने छ ।
प्रयोगकर्ताले आफ्नो पोइन्टस् हेर्न फोनपोइन्ट्स एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यस्तै पोइन्टस् रिडिम गर्ने विकल्प पनि प्रयोगकर्ताले सोही एपमार्फत पाउने बताइएको छ ।