close

एससिटी-यूपीआई कार्ड हुनेलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

टेकपाना टेकपाना

मंसिर १९, २०८१ १७:८

एससिटी-यूपीआई कार्ड हुनेलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

काठमाडौं । एससिटी-यूपीआई कार्डबाहकले काठमाडौंको सिभिल मलमा निःशुल्क पार्किङ सुविधा पाउने भएका छन् । यस सम्बन्धमा हालै भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिभिल मलबीच साझेदारी भएको हो ।

यस सेवाअन्तर्गत एससीटी-यूप‍ीआई कार्डधारकले आफ्नो कार्ड देखाएर सिभिल मलको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा प्राप्त गर्न सक्नेछन् । यो सुविधा ६ महिनासम्म उपलब्ध हुने बताइएको छ ।

एससीटी यूपीआई डेबिट कार्ड प्राप्त गर्न इच्छुक ग्राहकले एससीटीका सदस्य बैंक वा वित्तीय संस्थामा गएर कार्डका लागि अनुरोध गर्न सक्ने एससीटीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८१ १७:८