काठमाडौं । नेपाली अटो बजारमा तीव्र विस्तार गर्दै आएको प्रिमियम र स्मार्ट नामी ईभी मधेश प्रदेश पुगेको छ । डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मधेश प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट नामी ईभी विस्तार गरेको हो ।
मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया, राज्य सभा भारतका पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अध्यक्ष रवि बजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामी अनावरण गरेका थिए ।
यस ईभीको डिजाइन र फिचरहरूले ह्याचब्याक सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ । नामी ईभीको आकार र चौडाइ प्रतिस्पर्धी मोडेलहरूको तुलनामा ठूलो रहेको कम्पनीको दाबी छ ।
नामी ईभी तीन भेरियन्टमा उपलब्ध हुनेछ: नामी ई१, नामी ई२, र नामी ई३ ।
यस ईभीमा लेभल टु एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्र्युज कन्ट्रोल, स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सुविधा छन् ।
एमएडब्लू वृद्धि मोटर्स र नारायणी अटोकर्पले वीरगन्जमा नयाँ शोरुम उद्घाटनसँगै मधेश प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प आयोजना गर्दैछन् । मंसिर १९ देखि २१ गतेसम्म हुने यस क्याम्पमा ग्राहकले विशेष अफरका साथ विद्युतीय सवारीको अनुभव लिन सक्नेछन् ।