काठमाडौं । बिटक्वाइनको मूल्य पहिलो पटक एक लाख डलर (*एक करोड ३४ लाख रुपैयाँ) नाघेको छ । अमेरिकामा ४७औं राष्ट्रपति निर्वाचन सम्पन्न भएयता ४५ प्रतिशतले मूल्य वृद्धि हुँदा बिटक्वाइनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यसको पछाडि डोनाल्ड ट्रम्पको विजयलाई मुख्य आधार मानिएको छ । त्यस्तै धेरै क्रिप्टो कम्पनीहरूमाथि कानुनी कारवाही गरिरहेको नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गेरी गेन्स्लर पदबाट हट्दा पनि बिटक्वाइनको मूल्य बढेको छ ।
ट्रम्पको क्रिप्टो सम्बन्धी धारणा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको भन्दा निकै फरक देखिन्छ । बाइडेन प्रशासनले क्रिप्टो कम्पनीहरूमा व्यापक दमन गर्दै आएको बताइन्छ । यता ट्रम्पले भने अमेरिकालाई 'विश्वको बिटक्वाइन सुपरपावर' बनाउने वाचा गरेका छन् ।
यद्यपि डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको मूल्य निकै अस्थिर हुने गर्छ ।
*समाचारमा एक करोड ३४ लाख रुपैयाँ बढी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।