close

एनपीएलमा अनलाइन सट्टेबाजी धन्दा, थप ३ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २०, २०८१ १३:२२

एनपीएलमा अनलाइन सट्टेबाजी धन्दा, थप ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अवैध रूपमा अनलाइन सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले बिहीबार अनलाइन सट्टेबाजी गराएको आरोपमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबाट तीन जना पक्राउ गरेको हो । 

यसअघि सोही रङ्गशालाबाट अनलाइन सट्टेबाजी गराएको आरोपमा चार भारतीय पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेश कुमार थिए । सीआईबीका अनुसार उनीहरू स्पोर्ट्स बाजी, प्रोभो लगायतका अनलाइन सट्टेबाजीका प्लेटफर्ममा सक्रिय थिए ।

सीआईबी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बेटिङ गर्नेहरूमाथि सूक्ष्‍म निरीक्षण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ १३:२८