काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा बिहे हुने अफवाह फैलिएपछि अभिनेता पल शाहले प्रतिकार गरेका छन् ।
शुक्रबार फेसबुकमा पोस्ट राख्दै आफ्नो बिहेको खबर सुन्दा आफैं चकित परेको लेखेका छन् ।
शाहको माघ महिनामा बिहे हुने भन्दै विभिन्न युवतीको नाम जोडेर चर्चा गरिएको छ ।
“मेरो बिहेको खबरले म आफैं चकित छु,” उनी लेख्छन्, “साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।”