close

२०२४ मा गुगलमा धेरैले खोजे ‘कोपा अमेरिका’, नेपालमा के सर्च गरियो ?

टेकपाना टेकपाना

मंसिर २५, २०८१ १९:५२

२०२४ मा गुगलमा धेरैले खोजे ‘कोपा अमेरिका’, नेपालमा के सर्च गरियो ?

काठमाडौं । सन् २०२४ मा विश्वभरबाट सबैभन्दा बढी गुगल सर्च गरिनेमा फुटबल प्रतियोगिता ‘कोपा अमेरिका’ (Copa América) परेको छ । मङ्गलबार गुगलले सार्वजनिक गरेको वार्षिक ट्रेन्डस् सर्च अनुसार ‘कोपा अमेरिका’ यस वर्ष सबैभन्दा बढी खोजिनेमा परेको हो ।

अझ रोचक तथ्य त शीर्ष १० सर्चमध्ये छ ओटा मात्रै खेलसम्बन्धी छन् । जसमा दोस्रोमा युईएफए युरोपियन च्याम्पियनशिप, तेस्रोमा आईसीसी मेन्स टी-२० वर्ल्ड कप र चौथोमा भारत र इङ्ल्यान्डको टेस्ट म्याच रहेको छ । त्यसपछि क्रमशः सातौं, आठौं, नवौं र दशौंमा इन्डिया भर्सेस बङ्गलादेश, आईफोन १६, ओलम्पिक गेम्स पेरिस २०२४ र वेल्सकी राजकुमारी क्याथरिन रहेकी छिन् ।

यस वर्ष सर्चको ट्रेन्ड देखाउन गुगलले बनाएको सूचीमा नेपाल भने परेको छैन । यसले गर्दा नेपालमा यो वर्ष सबैभन्दा बढी के सर्च गरियो भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । यदि नेपाललाई सूचीमा समेटेको भए समाचार, व्यक्ति, चलचित्र, रेसिपी आदिमा  बढी के खोजियो भनेर हेर्न सकिन्थ्यो ।

यद्यपि गुगल ट्रेन्ड्सको वेबसाइटमा कस्टम डेट २०२४ राखेर हेर्दा नेपालमा यस वर्ष क्रमशः वेदर, युट्युब, फेसबुक, आईपीएल र नेपाली टू अङ्ग्रेजी बढी मात्रामा सर्च गरेको देखिन्छ । त्यसैगरी युरो कप २०२४, नेपाल भर्सेस क्यानडा, युरो २०२४, कोपा अमेरिका २०२४ राइजिङ सर्च क्वेरिज रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १३:२४