close

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बोनसमा १० जीबीसम्म डेटा पाउन सकिने

टेकपाना टेकपाना

मंसिर २८, २०८१ २१:२३

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बोनसमा १० जीबीसम्म डेटा पाउन सकिने

काठमाडौं । एनसेलले विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । मंसिर २२ देखि सुरु भएको यो अफर १३ पुससम्म लागू हुनेछ ।

यो अफर अन्तर्गत ग्राहकले सधैं अन प्याकहरू वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्दा बोनस डेटा वा टकटाइम प्राप्त गर्न सक्छन् । प्याकको प्रकारअनुसार १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको टकटाइम बोनस प्रदान गरिनेछ ।

यो अफरको फाइदा लिन ग्राहकसँग एनसेल एप हुनुपर्छ । एप नभएको खण्डमा डाउनलोड गरेर आफ्नो एनसेल नम्बर प्रयोग गरी साइन अप गर्न सकिन्छ । प्रत्येक शनिबार ग्राहकले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गएर सधैं अन वा अनलिमिटेड डेटा प्याक खरिद गर्न सक्छन् । खरिदपश्चात तुरुन्तै बोनस डेटा वा टकटाइम प्राप्त हुने कम्पनीले जनाएको छ ।

सधैं अन प्याकहरू रु. ३९९ देखि रु. ९९९ सम्म उपलब्ध छन् । उदाहरणका लागि, रु. ३९९ को प्याकमा ८ जीबी डेटा, ३९९ मिनेट टकटाइम र ३९ ओटा एसएमएससँगै १ जीबी बोनस डेटा प्राप्त गर्न सकिन्छ । यस्तै, रु. १२५ को तीन दिनको अनलिमिटेड डेटा प्याक खरिद गर्दा २० मिनेट अननेट टकटाइम बोनस उपलब्ध हुनेछ ।

एनसेलले यो अफर ग्राहकलाई बिना अतिरिक्त शुल्क थप सेवा प्रदान गर्न र डिजिटल बन्न प्रेरित गर्नका लागि ल्याएको जनाएको छ । सधैं अन प्याकका ग्राहकहरूले आफ्नो बाँकी डेटा भ्वाइसमा वा बाँकी भ्वाइस डेटासँग साट्न सक्ने सुविधा पनि पाउँछन् ।

प्रोडक्ट

डेटा

टकटाइम

एसएमएस

शुल्क

बोनस

समयसीमा

सधैं अन ३९९

८ जीबी

३९९

३९

३९९

१ जीबी

२८ दिन

सधैं अन ४९९

१२ जीबी

४९९

४९

४९९

२ जीबी

सधैं अन ५९९

२० जीबी

५९९

५९

५९९

३ जीबी

सधैं अन ७९९

३० जीबी

अनलिमिटेड

७९

७९९

५ जीबी

सधैं अन ९९९

५० जीबी

अनलिमिटेड

९९

९९९

१० जीबी

 

*शीर्षक परिवर्तन गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ २१:४०