close

फोनपेले ल्यायो ‘नेट सेट गो’ अफर, एक वर्ष निःशुल्क इन्टरनेट जित्ने अवसर

टेकपाना टेकपाना

पुस ९, २०८१ ११:३१

फोनपेले ल्यायो ‘नेट सेट गो’ अफर, एक वर्ष निःशुल्क इन्टरनेट जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न फोनपेले ‘नेट सेट गो !’ नामक अभियान सार्वजनिक गरेको छ  । यस अन्तर्गत फोनपे बिल्समार्फत इन्टरनेट बिल भुक्तानी गर्दा पाँच भाग्यशाली विजेताले एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा जित्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर 'फोनपे बिल्स' ट्याबमार्फत कम्तीमा तीन महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ  । यसरी भुक्तानी गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत विजेता चयन गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यो अभियान पुस २९ गतेसम्म जारी रहनेछ । 

पछिल्लो अध्यावधिक: पुस ९, २०८१ ११:३९