काठमाडौं । ईकमर्स प्लेटफर्म दराजले नयाँ वर्ष २०२५ को अवसरमा भोलिदेखि ‘१.१ न्यु इयर मेगा सेल’ सुरु गर्ने भएको छ । २१ पुससम्म सञ्चालन हुने मेगा सेलमा नि:शुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट र साढे दुई करोड रुपैयाँ बराबरका भाउचरहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडिओ र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा चार हजार रुपैयाँसम्मको छुट भाउचर प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ग्राहकले नयाँ उत्पादनहरू, क्लियरन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९ र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिनसक्ने कम्पनीले जनाएको छ ।
दराजका अनुसार एभरेस्ट, एनएमबी र हिमालयन बैंकका कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशतदेखि १५ प्रतिशतसम्म थप छुट पाउनेछन् ।