काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छन् । आउँदो पुस १३ गते हुने महासंघको १५औं महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् ।
पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी थिइन् ।
नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ । महासंघका अनुसार अध्यक्षसहित अधिकांश केन्द्रीय सदस्य पदमा सहमतिको प्रयास भइरहेको छ ।
क्यान महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति हुने र निर्वाचित सदस्यहरूले पदाधिकारी चुन्ने व्यवस्था छ ।