close

‘शार्क ट्याङ्क नेपाल’ मा यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

पुस १०, २०८१ १५:३५

‘शार्क ट्याङ्क नेपाल’ मा यसरी दिनुहोस् आवेदन

काठमाडौं । उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वप्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’का लागि आवेदन खुला भएको छ । सोमबार शार्क (लगानीकर्ता तथा निर्णायक) घोषणा गरिसकेपछि पुनः आवेदन खुलाइएको हो ।

नेपालमा यो कार्यक्रम २०२२ मै घोषणा गरिएको थियो । तर कोभिड महामारी र अन्य समस्याका कारण योजनाअनुसार अघि बढ्न सकेन । झन्डै साढे दुई वर्षपछि सोमबार यसको औपचारिक घोषणा गरियो ।

शार्क ट्याङ्क नेपालमा आवेदन दिनका लागि केही मापदण्ड तय गरिएको छ । यस अनुसार नेपालमा व्यवसाय दर्ता गरिएको हुनुपर्ने, संस्थापक नेपाली नागरिक हुनु पर्ने र व्यवसाय कम्तीमा एक वर्षदेखि सञ्चालनमा हुनुपर्ने छ । 

यसमा छनोट भएका व्यवसायहरूले शार्कहरूको अगाडि आफ्ना व्यवसायका बारेमा प्रस्तुति दिनेछन् । त्यसपछि शार्कहरूले प्रस्तावित व्यवसायमा कति लगानी गर्ने भन्ने निर्णय लिनेछन् । उनीहरूबीच क्यामेराभित्र वा बाहिर सम्झौता हुन सक्छ ।

आयोजकका अनुसार पहिलो सिजनमा १०० वटा व्यवसाय टिभीमा देखाइनेछ । कम्तीमा २० ओटा एपिसोड प्रसारण गरिनेछ । साथै, पहिलो सिजनमा शार्कहरूले ३५ देखि ४० करोड रुपैयाँसम्म लगानी गर्ने अपेक्षा गरिएको छ ।

आवेदन दिनका लागि  यहाँ क्लिक गर्नुहोस् । आवेदनको अन्तिम मिति माघ १५ सम्म तोकिएको छ । शार्क ट्याङ्क नेपालमा सहभागी भएपछि प्राप्त हुने फाइदाबारे थप जानकारीका लागि ​ यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८१ १६:३