काठमाडौं । नेपाल टेलिकमले आज एक रुपैयाँमै ‘प्रेमगीत ३’ चलचित्र देखाउने भएको छ । कम्पनीले आफ्नो आईपीटिभी सेवा एनटीटिभी (NTTV) प्रयोगकर्ताका लागि यो चलचित्र देखाउने भएको हो ।
यसका लागि ग्राहकले एनटीटीभीको मुभी सेक्सनबाट १ रुपियाँ तिरी चलचित्र खरिद गर्नुपर्ने हुन्छ । एनटीटीभीमा ‘प्रेमगीत ३’ हेर्न ग्राहकले २४ घण्टाको अवधि पाउनेछन् । चलचित्र हेर्न नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाटै पैसा काटिने छ ।
आईपीटिभी सेवा अन्तर्गत सब्सक्रिप्सन मोडेलमा जान यसअघि पनि कम्पनीले केही चलचित्र प्रदर्शन गरेको थियो । एनटीटिभीबाट ‘प्रेमगीत ३’ चलचित्र हेर्न तलको प्रक्रिया अपनाउनुहोस्:
-एनटीटीभीको ‘मुभी सेक्सन’मा जानुहोस् ।
-‘वान डे मुभी रुपिज वन’मा क्लिक गर्नुहोस् ।
-‘बाई अप्सन’मा क्लिक गर्नुहोस् ।
- नेपाल टेलिकमको आफ्नो मोबाइल नम्बर राख्नुहोस् । एक रुपैयाँ बुझाउनुहोस् (जुन नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ) ।
- मोबाइल नम्बरमा वन टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्नुहुनेछ, प्राप्त ओटीपी राखेर प्रमाणीकरण गर्नुहोस् ।
एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले एनटीटिभी सेवा सञ्चालन गरिरहेको छ । एनटीटिभी एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।