close

आफूसँग नभएको पुरानो एन्ड्रोइड फोनबाट सबै डेटा हटाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस १४, २०८१ १३:३०

आफूसँग नभएको पुरानो एन्ड्रोइड फोनबाट सबै डेटा हटाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईं नयाँ फोन लिंदै हुनुहुन्छ भने पक्कै पनि पुरानो फोनमा भएका डेटा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्ता हुनसक्छ । डेटा दुरुपयोगको डरले धेरै व्यक्तिहरू आफ्नो पुरानो फोन बिक्री गर्न चाहँदैनन् ।

बेलायतको सूचना आयुक्त कार्यालयको नयाँ रिपोर्ट अनुसार, पाँचमध्ये एक बेलायती व्यक्ति व्यक्तिगत डेटा चुहावट हुने डरले पुरानो फोन नबेच्ने निर्णयमा पुग्छन् । सो अध्ययनका अनुसार हामीमध्ये तीन चौथाइ (७५ प्रतिशत) मानिस पुराना उपकरण राखिरहेको हुन्छौं ।

तीमध्ये अधिकांश (७१ प्रतिशत) ले आफ्नो व्यक्तिगत जानकारीलाई महत्त्वपूर्ण ठान्छन् । तर, लगभग एक चौथाइ (२४ प्रतिशत) व्यक्तिहरूले डेटा मेटाउन गाह्रो हुन्छ भनी विश्वास गर्छन् । तपाईंले पनि आफ्नो पुरानो एन्ड्रोइड डिभाइसका सबै डेटा कसरी मेटाउन सकिन्छ भन्ने जान्न चाहनुहुन्छ भने यो जानकारी उपयोगी हुन सक्छ ।

आफूसँग नभएको पुरानो डिभाइसको डेटा मेटाउने तरिका 

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगलको फाइन्ड डिभाइस (Find Device) एप इन्स्टल गर्नुहोस् । 

  • त्यसपछि आफ्नो गुगल अकाउन्ट प्रयोग गरी साइनअप गर्नुहोस् ।

 

  • यति भएपछि उक्त जिमेल अकाउन्ट तपाईंको कुन कुन डिभाइसमा लगइन छ भन्ने देखिन्छ । 

  • त्यसमध्येबाट आफूले सबै डेटा मेटाउन चाहेको डिभाइस छान्नुहोस् । 

  • त्यसपछि डिभाइसको नामको छेउमा रहेको सेटिङको अप्सनमा ट्याप गर्नुहोस् ।

 

  • अनि अन्तिममा रहेको फ्याक्ट्री रिसेटको बटन छान्नुहोस् । 

  • यति गरेपछि अन्तिममा रिसेटको बटन ट्याप गर्नुभयो भने त्यसमा भएको सबै डेटा हराउँछ ।

यो फिचर खासगरी आफ्नो डिभाइस हराएको छ र फेला पार्ने व्यक्तिले त्यहाँ भएका कुनै पनि डेटा प्रयोग नगरोस् भन्ने सुनिश्चितताको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

यस बाहेक फोनको सेटिङमा गई ‘इरेज अल डेटा’ (Erase all data) अप्सनमा गई सबै डेटा हटाउन सक्नुहुन्छ । त्यसबाहेक गुगल अकाउन्ट मात्र हटाउन चाहनुहुन्छ भने आफ्नो नयाँ फोनमा उक्त गुगल अकाउन्ट लगइन गर्नुहोस् । अनि गुगल अकाउन्टको सेटिङमा गएर कुन कुन डिभाइसमा उक्त अकाउन्ट लगइन छ भन्ने देखिन्छ । त्यसबाट आफूलाई आवश्यक नहुने डिभाइस हटाउनुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ १५:२४